नायक प्रदीप खड्का भन्छन् : नारीलाई सम्मान गरे समाज सभ्य बन्छ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नायक प्रदीप खड्का भन्छन् : नारीलाई सम्मान गरे समाज सभ्य बन्छ


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नायक प्रदीप खड्काले बुधबार (आज) माइती नेपालमा पुगेर त्यहाँका किशोरीलाई हौसला बढाएका छन् ।

नारी दिवसको अवसरमा माइती नेपालले आश्रित किशोरीका लागि फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।

अतिथि बनेका खड्काले एक दिन मात्र नभएर हरेक समय र पलमा नारीको सम्मान गर्नुपर्ने बताए ।

फुटसल प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाकी सांसद आरजु राणाले गरेकी थिइन् । उक्त अवसरमा बोल्दै नायक खड्काले नारीको सम्मानमा कमी आएको बताए ।

देखावटी सम्मानको प्रवृत्ति बढेको भन्दै उनले प्रेम, करुणा, सम्मान र हेर्ने दृष्टिकोण राम्रो नभएसम्म समाज बलियो र सभ्य नबन्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस