२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज उपमहानगरका उपप्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि. हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो । 

२०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए । ओझाले कमरुद्दिनले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए । उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र  अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले कमरुद्दिन विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा परेको र अनुसन्धान भइरहेको जानकारी दिए । ओझाले अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोप लगाए । 

यसबारे बुझ्दा उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको बताए । गलत नियतले मुद्दा चलाइए पनि अदालतले सफाइ दिएको उनको भनाइ छ । ‘पक्राउबारे मलाई कुनै जानकारी छैन । उहाँ (सर्वदेव ओझा)ले मुद्दा हाल्नु भएको थियो । जिल्ला र उच्च अदालत दुवैले सफाइ दियो । चित्त नबुझेपछि उहाँ सर्वोच्च अदालत जानु भयो,’ उनले भने, ‘मैले गलत ठेगाना राखेको छु भनेर उहाँले मुद्दा हाल्नु भएको रहेछ । मैले दुई दुई पटक चुनाव लडेको छु । पार्टीको जिल्ला अध्यक्षसमेत भइसकेको छु । मैले गलत ठेगाना राखेको भए निर्वाचन आयोगले निर्वाचनमा भाग लिन स्वीकृत दिन्थ्यो र ?’    

स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा कमरुद्दिन राई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस