सांसदहरूलाई आन्तरिक प्रशिक्षण दिने आठ दलको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सांसदहरूलाई आन्तरिक प्रशिक्षण दिने आठ दलको निर्णय


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आठ दलीय गठबन्धनले आफ्ना सांसदहरूलाई राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक प्रशिक्षण दिने निर्णय गरेको छ।

मङ्गलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको गठबन्धन कार्यदलको बैठकले मौन अवधि सुरु भइसकेकाले आन्तरिक रूपमा प्रशिक्षित गर्ने निर्णय गरेको हो ।

कार्यदलले राष्ट्रपति निर्वाचनका मतदाता सङ्घ तथा प्रदेशका सांसदहरुलाई भोलि (बुधबार) बिहान ११ बजेसम्म काठमाडौँ आइसक्न निर्देशन दिइएको छ।

विभिन्न समस्या पर्न सक्ने भएकाले समयमै काठमाडौँ आउन सांसदहरूलाई भनिएको छ।

फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस