२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनादेखि बेपत्ता बालिका मृत फेला

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता बालिका मृत भेटिएकी छिन्।

छ वर्षीय सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। सोनिया गत माघ २५ देखि बेपत्ता थिइन्।

घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

उनकाअनुसार सुँगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो।

बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ। शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो।

घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस