२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेलाई सभामुख निवासमै राख्ने सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो।

राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्।

तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को ठाउँमा सर्न सहरी विकास मन्त्रालयले आग्रह गरे पनि उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले त्यो अवधि त्यहीँ बस्ने बताएका थिए।

एक मन्त्रीका अनुसार सरकारले अध्यक्ष तिमिल्सिनाका लागि बालुवाटारमै रहेको मुख्यसचिव निवासमा सार्ने निर्णय लिएको छ। सभामुख निवासमा आउनुअघि उनी त्यही मुख्यसचिवको निवासमै बसेका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि फौजदारी अभियोग लागेर राजीनामा दिएपछि खाली भएको मौकामा तिमिल्सिना सभामुखको निवासमा सरेका हुन्।

महरापछि सभामुख भएका अग्नि सापकोटा आफ्नो निवास खाली नभएपछि लैनचौरस्थित सरकारी निवासमा बसेर आफ्नो कार्यकाल पूरा गरेका थिए।

उक्त भवनमा सभामुख घिमिरे जान अस्वीकार गरेपछि उनका लागि वासस्थानको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र संसद सचिवालयलाई सकस परेको छ। सरकारले सरकारी निवासको व्यवस्था गर्न नसकेपछि सभामुख घिमिरे भक्तपुरको लोकन्थलीपस्थित आफन्तको घरमा आश्रय लिइरहेका छन्।

सरकारले उपसभामुखमा इन्दिरा रानामगर र राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई पनि निवासको व्यवस्था गरेको छैन।

बालुवाटारको सभामुख निवाससँग सभामुखको राजनीतिक र ऐतिहासिक पक्ष जोडिएको छ। राजतन्त्र कालमा राजपरिषद् स्थायी समितिको सभापतिको निवासको रूपमा रहेको उक्त ठाउँलाई २०६३ जेठ ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पुनः प्रतिनिधिसभाले सभामुख निवासको रूपमा रहने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस