‘महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ’


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन्।

बुधबार राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पिछडिएका क्षेत्रका महिलालाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउन उनीहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेको बताइन् । उनले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरिन्। 

उपसभामुख रानाले पिछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि स्पष्ट पारिन्।

स्थानीय तहको वडामा पनि महिलाको प्रतिनिधित्वका लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस