निर्मला कुर्मी प्रकरणबारे अनुसन्धान गर्न फेरि समिति गठन « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्मला कुर्मी प्रकरणबारे अनुसन्धान गर्न फेरि समिति गठन


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णुप्रसाद सोती, सीआईबीका डिएसपी मदनजित महरा र रामकृष्ण पाठक सदस्य छन् ।

यसअघि सीआईबीकै एक जना एसपीको नेतृत्वमा २१ पुसमा छानबिन समिति बनेको थियो भने पहिल्यै सरकारले गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

कुर्मीको पक्षमा पैरवी गर्दै आएकी मानवअधिकारकर्मी रुबी खानको पछिल्लो प्रदर्शनपछि नयाँ समिति गठन भएको हो । खानले घटनामा जोडिएका काँग्रेस नेता पूर्व सभासद् बादशाह कुर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग राख्दै आएकी थिइन् ।

तर, कुर्मी पक्राउ परेका थिएनन्, बरु योबीचमा उनी नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको उम्मेदवार भएर निर्वाचित भइसकेका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले समितिलाई पुरानो अनुसन्धानले गरेका तथ्यहरूको सूक्ष्म मूल्याङ्कन र अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न भनेका छन् ।

मन्त्रालयको छानबिनका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्ण मुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धिरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तर, पछि उनीहरू पनि छुटेका थिए । कुर्मीविरुद्ध पनि जाहेरी परेपनि १० भदौ २०७८ मा अनुसन्धान अधिकारी समक्ष उपस्थित भएर बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै उनलाई बोलाइएको थिएन ।

प्रहरी गरेको अनुसन्धानका क्रममा कुर्मीको भारतमा मृत्यु भएको विवरणहरू फेला परेको अधिकारीहरूको दाबी छ । तर, अधिकारकर्मीहरूले कुर्मीको अपहरण तथा शरीर बन्धक गरेर हत्या गरिएको दाबी गरिरहेका छन् । उनको हत्या भएको भन्दै २० चैत २०७७ मा किटानी जाहेरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस