सैनिक अदालतले बयानको लागि बोलायो कर्णेल र लेप्टिनेन्ट कर्णेललाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सैनिक अदालतले बयानको लागि बोलायो कर्णेल र लेप्टिनेन्ट कर्णेललाई


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सैनिक अदालतले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बयानको लागि बोलाएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई  सघाएको आरोपमा  उनीहरूलाई बयानमा बोलाइएको हो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न बोलाइएको जानकारी दिए । उनीहरूमाथि सैनिक अनुशासन उल्लङ्घनको आरोप रहेको प्रवक्ता भण्डारीले बताए ।

उपरथी शाहीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जानकारी प्रवक्ता भण्डारीले दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस