२८ उपसचिवको पदस्थापन, अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२८ उपसचिवको पदस्थापन, अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । २८ जना उपसचिवहरूको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा कामकाजमा खटाएको हो । 

यसरी खटाइएकामध्ये २५ जना विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र बाँकी तीन जना अख्तियार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् ।

कर्मचारी नै भएनन् भन्ने स्थानीय तहको गुनासो सम्बोधन गर्न आफू लागि परेको र सोही अनुशार पठाइएको मन्त्री अमनलाल मोदीले जनाएका छन् । उनले स्वास्थ्य र मानवीयताका हिसाबले हेर्नै पर्नेबाहेक कर्मचारी व्यवस्थापनमा पहिलो प्राथमिकता नै स्थानीय तह रहेको बताउँदै कर्मचारी पठाउँदा कुनै मोलाहिजा नहेरी खटनपटन गरेको दाबी गरेका छन् । 

हेर्नुहोस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस