ट्याङ्कर चोरेर डिजल बेचेको आरोपमा १ जना जेल चलान  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्याङ्कर चोरेर डिजल बेचेको आरोपमा १ जना जेल चलान 


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमको ट्याङ्कर चोरी गरी डिजेल बेचेको आरोपमा पक्राउ परेका मध्ये १ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जेल चलान हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.९ बस्ने २९ वर्षीय नवराज भुजेल छन् ।

ट्याङ्कर चालक सोही स्थानका ४५ वर्षीय विनोदकुमार भुजेल र चोरीको डिजल किन्ने सप्तरीको खडक नगरपालिका वडा नं.७ स्थायी घर भएका भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साह धरौटीमा छुटेका छन् ।

भुजेल १ लाख र साह ५० हजार रुपैयाँ धरौटीमा छुटेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डिएसपी रामनरेश सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस