निवर्तमान स्वास्थ्य मन्त्री गिरीको गुनासो-काम गर्ने बेलामा मन्त्रालयबाट हट्नु पर्‍यो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निवर्तमान स्वास्थ्य मन्त्री गिरीको गुनासो-काम गर्ने बेलामा मन्त्रालयबाट हट्नु पर्‍यो


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको भन्दै गुनासो गरेका छन् ।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेर काम सुरु गर्ने बेलामा मन्त्रालयबाट बिदा लिनु परेको बताए । स्वास्थ्य पत्रकार मञ्चले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो गुनासो पोखेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन् भन्ने कुरा आफूले मन्त्री भएपछि मात्रै थाहा पाएको उनले उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो, त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस