प्रधानमन्त्री प्रचण्डले भने : सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्री प्रचण्डले भने : सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् ।

नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलवार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’

प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस