मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । महोत्तरीको बलवा नगरपालिका-१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२-०२-००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस