महानगरद्वारा सिसडोलमा हानिकारक फोहोर पुर्‍याउनेलाई जरिवाना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महानगरद्वारा सिसडोलमा हानिकारक फोहोर पुर्‍याउनेलाई जरिवाना


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई जरिवाना गरेको छ। 

सिसडोल ल्याण्डफिल साइटमा हानिकारक चिकित्साजन्य फोहोर पुर्‍याउनेलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना गरेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको हो। 

अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थितमा व्यवस्थापन भइरहेको छ। 

महानगरले उत्पादित हानिकारक फोहोरलाई आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदलेपछि मात्र लैजाने प्रक्रियाबाट लग्न सक्ने बताएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस