अबको गठबन्धन चुनावसम्मै टिक्छ : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अबको गठबन्धन चुनावसम्मै टिक्छ : माधव नेपाल


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्।

सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्।

उनले भने, ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो । हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौँ, गठबन्धन चुनावसम्मै टिक्छ।’

गत शुक्रबार राष्ट्रपतिमा काँग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस