सरकारमा रहने/नरहने केही बेरपछि थाहा पाउनुहुन्छ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारमा रहने/नरहने केही बेरपछि थाहा पाउनुहुन्छ : ओली


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहने/नरहने केही बेरको बैठकपछि थाहा हुन्छ भन्दै सचिवालय बैठकमा प्रवेश गरेका छन् ।

एमालेले सरकारमा रहने/नरहने निर्णयका लागि भन्दै सचिवालय बैठक डाकेको छ । त्यो बैठकमा पुग्दै गर्दा ओलीलाई सरकारबाट बाहिरिन लाग्नुभएको हो भन्दै प्रश्न राखेका थिए ।

जवाफमा उनले केहीबेरमा थाहा हुने जवाफ दिएका छन् । “सरकारबाट बाहिरिने तयारी रहेछ भने खबर आइहाल्छ नि !,” ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस