सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाई सँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस