माओवादीले १० पुसको सहमति अनुसार नेम्बाङलाई मत दिन्छ : योगेश भट्टराई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादीले १० पुसको सहमति अनुसार नेम्बाङलाई मत दिन्छ : योगेश भट्टराई


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्बाङलाई दिने बताएका छन् ।

जुम्लामा आइतबार प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले १० पुसमा सरकार निर्माण गर्दा एमालेसँग भएको सहमति अनुसार राष्ट्रपतिमा नेम्बाङलाई मत दिने बताएका हुन् ।

उनले माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले राष्ट्रपतिमा सहयोग गर्ने आशा गरे । नेता भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ठूलो अवसर गुमाएको टिप्पणी गरे । एमालेले राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्दा स्विकार्नुपर्ने भन्दै उनले नेपाललाई नै घाटा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस