उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर जाँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर जाँदै


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर जाने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर जान लागेका हुन् । 

जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिबास प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दीपक यादवले बताए ।

मन्त्री श्रेष्ठले भोलि (सोमबार) हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि निर्माणाधीन उक्त पुल निर्माणको अन्तिम अन्तिम चरणमा पुग्दा उद्घाटन नहुँदै २०७८ असारमा भत्किए पछि चौतर्फी आलोचना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस