शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मेलनमा सहभागी हुने छन् ।

राष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन ।

उक्त सम्मेलनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस