सरोकारवालाबाहेकलाई बाहिर निकालेर सुरु भयो सन्दीपको मुद्दाको बहस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सरोकारवालाबाहेकलाई बाहिर निकालेर सुरु भयो सन्दीपको मुद्दाको बहस


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ ।

सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरे । उनको माग सम्बोधन गर्दै सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर बहस सुरु गरिएको छ ।

सन्दीपतर्फका अधिवक्ता सापकोटाले बन्द इजलासमा बहस हुनुपर्ने माग गरेका हुन् ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले गरेको पुनरावेदन र सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै हालेको निवेदनमा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस