रूसविरुद्ध प्रतिबन्ध कस्दै ईयू, उच्च अधिकारीदेखि व्यापारीसम्म प्रतिबन्धको सूचिमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रूसविरुद्ध प्रतिबन्ध कस्दै ईयू, उच्च अधिकारीदेखि व्यापारीसम्म प्रतिबन्धको सूचिमा


१४ फाल्गुन २०७९, आइतबार


ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले रसविरुद्धको प्रतिबन्धमा थप कडाइ गरेको छ ।

युक्रेनमा रुसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी ईयूले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ ।

रुसका केही ठुला बैङ्कहरूसँगको कारोबार पनि प्रतिबन्धित छ,’ ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ ।

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रुसी बैङ्क र सात वटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रुसको आक्रमणको एक वर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस