प्रदेश १ : राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ : राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने


१३ फाल्गुन २०७९, शनिबार


मोरङ । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्।

राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी कृषि मन्त्री भक्तिनाथ सिटौलाले भोलि पदबाट राजीनामा दिने जानकारी दिए।

विष्टले भने, ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ। तर अब रहन्नौँ। हाम्रो मन्त्री ज्यूले भोलि राजीनामा दिनु हुनेछ।’

शनिबार बिहान बसेको राप्रपाको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रदेश र संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

केन्द्रमा भने राप्रपाका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस