चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार देउवालाई दिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिए । उनका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ ।

चितवन- २ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ ।यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस