नयाँ गठबन्धनबारे राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नयाँ गठबन्धनबारे राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया 


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने गरी आठ राजनीतिक दलले गरेको निर्णयप्रति प्रतिक्रिया नजनाउने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् । 

आफूहरूले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने भनी पार्टीबाट औपचारिक निर्णय लिएको भन्दै उनले उम्मेदवारको समर्थनका लागि दलहरूले गरिरहेका गतिविधिमा कम चासो राखेको बताए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दाको नयाँ गठबन्धन भत्केर नयाँ बन्दा सरकारमा रहने वा नरहने भन्ने विषयमा पनि परिस्थिति निर्भर रहने भन्दै अध्यक्ष लिङ्देन सबै राजनीतिक घटनाक्रमबारे तत्काल आफूसँग कुनै जवाफ नरहेको बताए ।

राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय र सरकारमा रहने वा नरहने विषयमा उनको छोटो जवाफ छ, ‘सबै विषयलाई लिएर प्रतिक्रिया जनाइहाल्नु हतार हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस