काठमाडौं । शुक्रबार कतारको दोहाबाट नेपाल आएको कतार एयरवेजले नेपाली आकाशमा २० फन्को लगाएको छ ।
यस्तो अवस्थालाई ‘मिष्ट एप्रोज’ भनिन्छ । जहाज उडान गर्दा इन्ष्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) र भिजुअल फ्लाइट रुल्स (भीएफआर) भन्ने हुन्छ ।
सामान्यतया आईएफआर नियम पालना गरेर आएको जहाजले ल्यान्ड गर्न नसेको अवस्थामा डिफाइन्ड प्रोसुडर अनुसार उक्त जहाजले ‘मिष्ट एप्रोज’ गर्छ । पहिलो एप्रोजमा सफल नभएपछि पुनः एप्रोज गर्नुलाई ‘मिष्ट एप्रोज’ भनिन्छ ।
“यो सामान्य प्रक्रिया हो । हावाको गति नमिलेको समयमा, रनवे खाली नभएको समयमा, आकाशमा ट्राफिक जाम परेको समयमा, रनवेमा जहाज भएको बेला यो प्रक्रिया अपनाइन्छ । विमानस्थलका एक कर्मचारीका अनुसार यस्तो अवस्था पाइलटले आफैँ पनि निर्णय लिन सक्छ ।
आज कतार एयरवेजले ‘सर्फेसविन्ट’का कारण धेरै फन्को लगाउनु परेको हो ।