व्यावसायिक आचारसंहिता सम्बन्धी मेडिकल काउन्सिलमा ६६ वटा उजुरी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

व्यावसायिक आचारसंहिता सम्बन्धी मेडिकल काउन्सिलमा ६६ वटा उजुरी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका छन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीका अनुसार सन् २०२२ मा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका हुन् ।  

जसमध्ये २० वटा उजुरीको विषयमा काउन्सिलले निर्णय गरेको छ । निर्णय भएका उजुरीमध्ये ५ वटामा कारबाही गर्नु नपर्ने, ३ वटामा चिकित्सकलाई सचेत गराइएको थियो । 

यस्तै, ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ ।  ६ वटामा थप कारबाहीको दायरामा ल्याउनु पर्ने देखिएको उनले बताए । २ वटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो मार्फत कारबाही  गर्नुपर्ने देखिएको  रजिष्ट्रार डा अधिकारीले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस