फोहोरबाट ग्यास उत्पादन सुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

फोहोरबाट ग्यास उत्पादन सुरु


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । घोराही उपमहानगरपालिका-१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्‍याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरपालिकाको १६ नं वडामा वितरण सुरु गरेको उनले बताए ।   

ग्याससँगै कम्पोस्ट मल उत्पादन गर्ने र फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए । फोहरबाट ग्यास तथा कम्पोस्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा रहेको उनले बताए । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत भएको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ ।  

नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो भएको नगर प्रमुख चौधरीले बताए । उपमहानगरपालिका र कम्पनीबीचको सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको उनले बताए ।

उपमहानगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस