पुनः बस्ने बालुवाटार बैठक सकियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पुनः बस्ने बालुवाटार बैठक सकियो


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।

बैठक पछि काँग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुङ्ग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भए पनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५बजे पुनः अर्को बैठक बसेर टुङ्ग्याउने थापाले बताए

Tags :
प्रतिक्रिया दिनुहोस