सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा कांग्रेसले विषय विज्ञसँग परामर्श गर्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा कांग्रेसले विषय विज्ञसँग परामर्श गर्दै


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरवारमा कांग्रेसले विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरी नेपाल, पूर्व कानुनमन्त्री एवम् नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतलाई कांग्रेसले छलफलका लागि बोलाएको छ । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गर्नेछन् ।

गत बुधबारको संसद बैठकमा कानुनमन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस