‘आगामी २५-३० वर्षमा तराई मरुभूमि बन्छ’ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘आगामी २५-३० वर्षमा तराई मरुभूमि बन्छ’


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे दोहनका कारण अहिले वातावरणमा प्रतिकूल असर देखिन थालेको बताएका छन्।

जनकपुर साहित्य महोत्सव उद्घाटन सत्रमा यादवले मौसममा आएको परिवर्तनप्रति दुःख व्यक्त गर्दै वातावरणमा आएको परिवर्तनका कारण पानीमा समेत कमी आएको बताए।

उनले भने, ‘अहिले चुरियाबाट बाटो बनिरहेको छ, चारकोषे झाडी सम्पन्न भयो, चुरियाको जङ्गल सम्पन्न भयो, चुरियाको गिट्टी, बालुवा र ढुङ्गा अनियन्त्रित ढङ्गले दोहन भइरहेको छ । यसलाई कसरी बचाउने ?’ आगामी २५–३० वर्षमा यो क्षेत्र मरुभूमि हुने भन्दै उनले भने, ‘आजभन्दा २५-३० वर्ष पहिला अन्नको एक्सपर्ट हुन्थ्यो, अन्नको भण्डार थियो तर अहिले आयात गर्छौ ।’

जङ्गल, पहाडलाई बन्जार बनाएर तराई मरुभूमि भइरहेको भन्दै उनले पर्यावरण बचाउनका लागि पर्यावरणको बारेमा डिस्कसन गर्न आग्रह गरे ।

‘म चार/पाँच दिन पहिला यहाँ आउँदा ब्लाकेंट ओढ्नुपरेको थियो तर अहिले त्यो आवश्यक छैन । जबकि यही जनकपुरमा चैत महिनामा साधुले बाछी बेचेर कम्बल किनेको इतिहास रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस