एमालेद्वारा सचिवालय बैठक आह्वान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेद्वारा सचिवालय बैठक आह्वान 


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न फागुन १३ गते बिहान ९ बजे बैठक बस्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । 

आगामी १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन हुँदै छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन नजिकिँदै गर्दा नेताहरूले दौडधुप बढाएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग छलफल थालेपछि अहिलेको गठबन्धन टुट्न सक्ने आंशका बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस