भन्सारमा रोकिएका गाडीहरू छुटाउन सहजीकरण गरिदिन माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भन्सारमा रोकिएका गाडीहरू छुटाउन सहजीकरण गरिदिन माग


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सारमा रोकिएको गाडी छुटाउन सहजीकरण गरिदिन भन्सार विभागसँग माग गरेको छ । 

बिहीबार अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग छलफल गर्दै भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधनहरू छुटाउन सहजीकरण गरिदिन आग्रह गरे ।

सोही अवसरमा अध्यक्ष थापाले सरकारले सवारी साधनहरूको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकलेलागु गरेको अटो लोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरूको खरिद विक्रीमा कुनै सुधार हुन नसक्ने बताए । जसका कारण सवारी साधन पैठारीकर्ताहरूले भन्सार नाकाहरूबाट आफ्ना सवारी साधनहरू उठाउन नसकेको समेत बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस