पूर्व न्यायाधीशलाई राष्ट्रपति हुन कुनै रोक छैन : न्यायाधीश समाज « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्व न्यायाधीशलाई राष्ट्रपति हुन कुनै रोक छैन : न्यायाधीश समाज


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । न्यायाधीश समाज नेपालले संविधानले कुनै पनि पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति लगायतका निर्वाचनबाट पूर्ति हुने पदहरूमा नियुक्ति हुन नरोकेको बताएको छ ।

विज्ञप्ति जारी गर्दै बहालवाला न्यायाधीशहरूको संस्थाले नेपालको संविधानको धारा ६४ मा संघीय संसद्को सदस्य हुन योग्य भएको, पैँतालीस वर्षको उमेर पूरा भएको र कुनै कानूनले अयोग्य नभएको कुनै पनि व्यक्ति नेपालको राष्ट्रपति तथा उप–राष्ट्रपति पदमा निर्वाचनका लागि योग्य हुने व्यवस्था रहेको र सेवा निवृत्त न्यायाधीशलाई संविधानको कुनै पनि धाराले राष्ट्रपति वा उप-राष्ट्रपति पदमा निर्वाचित हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बन्देज नलगाएको उल्लेख गरेको छ ।

पूर्व–प्रधानन्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति हुन अयोग्य हुने कुनै संवैधानिक व्यवस्था नभएको उक्त विज्ञप्तिमा उल्लेख छ। न्यायाधीश समाज नेपालका अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस