राष्ट्रपतिमा आकाङ्क्षी धेरै छन् : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिमा आकाङ्क्षी धेरै छन् : माधव नेपाल


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको आकाङ्क्षी धेरै भएकाले कुनै एकको नाम लिन समस्या हुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल पश्चात् नेता नेपालले उम्मेदवारको टुङ्गो लगाउन साँझ ४ बजे बैठक बस्न लागिएको जानकारी दिए ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयबाट निस्कने क्रममा राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने जिज्ञासामा उनले आकाङ्क्षी धेरै भएको जवाफ दिए ।

‘आकाङ्क्षा राख्नेहरू धेरै छन् त्यस कारण हामी सहमतिमा पुग्न सकेका छैनौँ तर, सहमतिको प्रयास भने भइरहेको छ,’ उनले भने,‘साँझ ४ बजे बैठक बस्दै छौँ । त्यसपछि टुङ्गो हुन्छ ।’

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री दाहालको सरकारी निवासमा काँग्रेस, नेकपा (एस) र माओवादीका शीर्ष नेताहरूको बैठकले पुरानै पाँच दलिय गठबन्धन ब्यूताउँने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस