गाडीले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गाडीले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । कैलालीको गोदावरीमा गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ।

गोदावरी–९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ख४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो।

कैलालीको बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस