काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायतले कलङ्की–चक्रपथ सडक खण्ड निरीक्षण गरेका छन्।
यो सडक खण्ड केही समयदेखि विस्तारको काम सुरु गरे पनि रोकिएको थियो।
अवरुद्ध यो सडक खण्ड विस्तार कार्य छिटो गर्न मन्त्री नारायणकाजी श्रेष्ठसहितले पहल गरेका हुन्।
श्रेष्ठको पहलमा मेयर शाह, चीनका राजदूत, भौतिक मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले सडक खण्ड निरीक्षण गरेको श्रेष्ठको सचिवालयले जनाएको छ।