सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु १ लाख दुई हजार पाँच सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर रु एक लाख दुई हजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस