सुर्खेतमा प्रहरी जवान मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा प्रहरी जवान मृत फेला


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सुर्खेतमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक बिहीबार (आज) बिहान २:५६ बजेतिर कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

दार्चुलाको अपी नगरपालिका-६ का २६ वर्षीय विकले आफैँलाई गोली हानेर आत्महत्या गरेको आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस