काँग्रेस-समाजवादी बैठक देउवा निवासमा जारी, पूर्णबहादुर खड्का पुगे बालुवाटार  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस-समाजवादी बैठक देउवा निवासमा जारी, पूर्णबहादुर खड्का पुगे बालुवाटार 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काँग्रेस-एकीकृत समाजवादी बैठक जारी रहेकै बेला काँग्रेस उपसभापति पूर्णबहादुर खड्का बैठक छाडेर बालुवाटार पुगेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता घनश्याम भुसाल र महासचिव बेदुराम भुसालसँग काँग्रेस नेताहरूको सभापति शेरबहादुर देउवा निवासमा बैठक जारी रहँदा बाहिरिएका खड्का बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिरहेका छन् । उनी निस्किएको करिब आधार घण्टामा धुम्बाराहीस्थिति देउवा निवासको बैठक पनि सकिएको छ ।

राष्ट्रपति चुनाव र पुरानै गठबन्धन ब्युँताउने जानकारी पार्टीलाई गराएर बैठकमा गएका नेपालसँगको छलफलपछि कसैले पनि प्रतिनिक्रिया दिएका छैनन् । देउवासहितका नेताहरू पनि धुम्बाराहीबाट बाहिरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस