‘पूर्व प्रधानमन्त्रीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुँदैन’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘पूर्व प्रधानमन्त्रीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुँदैन’


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरूलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्नु उचित नहुने उनको तर्क छ । उनले पूर्व प्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकाङ्क्षा नराख्न पनि अनुरोध गरे । महामन्त्री शर्माले काँग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्नेमा जोड दिए ।

“मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔँ भनेको हो । तर, फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने, देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकाङ्क्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु,” उनले भने, “त्यस कारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसक्नुभएको छ । त्यस कारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस