डिआइजी सिंहको राजीनामा फाइल गृह पुग्यो, स्वीकृत प्रक्रिया अघि बढ्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डिआइजी सिंहको राजीनामा फाइल गृह पुग्यो, स्वीकृत प्रक्रिया अघि बढ्दै


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । डिआइजी अशोक सिंहले दिएको राजीनामाको फाइल गृह मन्त्रालयमा पुगेको छ । उमेर विवादमा परेका डिआइजी सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाउने भनिए पनि केहिबेर अघि मात्रै  हेड्क्वाटरबाट स्वीकृतिका लागि पत्र गृह पुगेको हो ।

गृह मन्त्रालय स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार फाइल स्वीकृतिको लागि प्रक्रिया अघि बढ्दै छ ।  ‘फाइल भरखरै गृहमा पुगेको छ,’ गृह स्रोतले प्रशासनलाई भन्यो, ‘स्वीकृतिको लागि प्रक्रिया अघि बढ्दै छ’

उमेरबारे उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।

२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ। 

उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस