प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।  

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

हेर्नुस् यस्तो छ कार्यसूची 

Tags :
प्रतिक्रिया दिनुहोस