२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शिवजी माविलाई

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शिवजी माध्यामीक विद्यालय बडीकेदार ४ मान्नाकापडीले हात पारेको छ ।

बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण ७ रजक, ६ कास्य सहित शिविजी माध्यामीक विद्यालय प्रथम भएको हो । त्यस्तै ४ स्वर्ण, ९ रजक र ५ कांस्य सहित आयोजक बर्छैन माध्यामीक विद्यालय द्धितिय भएको छ भने ४ स्वर्ण २ रजक २ कांस्य सहित दुर्गा माध्यामीक विद्यालय देवली तृतीय भएको हो ।

प्रतियोगितामा सहभागी अन्य लक्ष्मी माध्यामीक विद्यालयले १ स्वर्ण १ रजक ४ कांस्य प्राप्त गरेको छ । त्यस्तै जनता माध्यामीक विद्यालय सडेखानले १ स्वर्ण २ रजक २ कांस्य प्राप्त गरेको थियो । त्यस्तै वीरेन्द्र माध्यामीक विद्यालय घागलले २ स्वर्ण ४ रजक र ६ कांस्य प्राप्त गरेको छ । त्यस्तै विष्णु माध्यामीक विद्यालय मुलेचौरले ३ स्वर्ण १ रजक र १ कांस्य प्राप्त गरेको छ । विष्णु माध्यामीक विद्यालय बरालगाउँले १ स्वर्ण प्राप्त गरेको छ भने केदारेश्वर माध्यामीक विद्यालय लानाले ३ स्वर्ण ४ रजक र ४ कांस्य प्राप्त गरेको थियो । विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ फागुन ५ गते देखी ८ गते सम्म सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

खेलकुद स्वास्थ्यका लागि अति आवश्यक रहेको बडीकेदार गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए । समापन सत्रका प्रमुख अतिथि समेत रहेका शाखा प्रमुख देउवाले बडीकेदार गाउँपालिकाले खेलकुदका कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताए । उनले भने बालबालिकाहरूलाई पढाइका साथ साथै खेलकुद पनि अति आवश्यक रहने भएकोले विद्यालयहरूले शुक्रबारे कार्यक्रममा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

पालिकास्तरमा खेलकुद मैदान र खेल शिक्षकको व्यवस्थापनमा छलफल गरिने समेत शाखा प्रमुख देउवाले बताए ।

बर्छैन माध्यामीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बमको अध्यक्षतामा सञ्चालन भएको समापन सत्रमा बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विवेक देउवा प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा सरोकारवाला, स्थानीय, शिक्षक , विद्यार्थी, पत्रकार सुरक्षा कर्मीलगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा पालिका भरिका ९ वटा माध्यामीक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस