कर राजश्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर राजश्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ । 

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो ।

सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्यहरू छन् । 

राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आर्थिक वर्ष २०७७/७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस छन् ।

यस्तै, कृषि एवं पशुपंन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सी.बी. फुड्स एण्ड फिड्स, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक र पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन सम्मानित भएका छन् । 

यसैगरी, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल समेत सम्मानित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस