स्पट फिक्सिङ आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्पट फिक्सिङ आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस