‘राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुन्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुन्छ’


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसार नै कायम हुने बताएका छन् ।  

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भई नसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए । 

“०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवेदन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ,” उनले भने । 

थपलियाका अनुसार प्रत्येक प्रदेशबाट मतदान गर्न सांसदहरू केन्द्रमै आउनुपर्ने भएको छ । कानुनी अड्चनका कारण मतदान प्रदेशमा गरेपनि केन्द्रमै ल्याएर गणना गर्नुपर्ने भएका कारण संसद् भवनमै मतदान कार्य हुने उनले जानकारी दिए । 

राष्ट्रपति निर्वाचन संघीय संसद् भवन नयाँ वानेश्वरमा हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

मतदान प्रक्रिया बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि सोमबार निर्वाचन अधिकृत पनि तोकिएको छ । पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस