स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कटल्याण्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य पाएको छ ।

टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा आउट हुँदै २ सय २१ रन बनाएको हो ।

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए ।
माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस