अखिल क्रान्तिकारीले बनायो स्ववियू चुनाव घोषणापत्र लेखन समिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीले बनायो स्ववियू चुनाव घोषणापत्र लेखन समिति


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियू चुनावलाई लक्षित गरेर घोषणापत्र लेखन समिति गठन गरेको छ ।

सङ्गठनका उपाध्यक्ष नारायण खनालको नेतृत्वमा स्ववियू चुनाव घोषणापत्र लेखन समिति गठन गरिएको हो ।

अरू सदस्यहरू आवश्यकताअनुसार संयोजकलाई थप्ने जिम्मेवारी दिएको छ ।

अखिल क्रान्तिकारीले स्ववियू चुनावमा घोषणापत्र लेख्नुभन्दा अघि रत्नराज्यलक्ष्मी क्याम्पसमा विभिन्न संकायका विद्यार्थीसँग, पदम कन्या क्याम्पसमा महिला विद्यार्थीसँग छलफल गरेको थियो । अरू प्राध्यापक, विषय विज्ञसँग समेत छलफल गरेर घोषणापत्र तयार गरिने अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।

स्ववियू चुनावलाई जनमुखी बनाउन विभिन्न निकायसँग छलफल गरेर घोषणापत्र तयार गर्न लागिएको एमसीले बताए। अखिल क्रान्तिकारीले विभिन्न निकायसँग छलफल गरेर पहिलो पटक स्ववियू घोषणापत्र तयार गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस