राष्ट्रपति भण्डारी हेटौँडा जाँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी हेटौँडा जाँदै


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने भएकी छिन् । अस्पताल भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौँडा जाने भएकी हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै अस्पताल भवन राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाकारी दिएको हो ।

संघीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाई छ । 

राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएसँगै तयारी तीव्र पारिएको चौलागाईले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी थालिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस